कोरोनाको औषधि पत्ता लगाएको इजरायलको दाबी:

विश्व समाचार स्वास्थ्य

मदन बस्नेत, क्यानडा । ०६ मे, २०२० !

कोरोना भाईरसको औषधी पत्ता लगाउन बिश्वका सबै मुलुकहरू बीच होडबाजी चलिरहेको बेला इजरायलले कोरोना भाईरसलाई खतम गर्ने एंटिबडी विकसित गरेको दाबी गरेको छ।

इजरायलका रक्षा मन्त्री नफ्ताली बेनेटले उनको देशका बायोलॉजिकल रिसर्च इंस्टिट्यूटका मूख्य बैज्ञानिकहरुले कोरोना भाईरस विरुद्धको एन्टिबडी पत्ता लगाउनमा महत्त्वपूर्ण सफलता हाँसिल गरेको बताएका छन्।

उनका अनुसार पत्ता लगाईएको एन्टिबडी बिल्कुलै नयाँ र शतप्रतिशत शुद्ध एन्टिबडी हो र त्यसमा हानिकारक प्रोटिनको मात्रा निकै कम छ। र, पटक पटकको परिक्षण र पुनः परिक्षणमा विकसित नयाँ  एन्टिबडीले कोरोनाको भाईरसलाई निस्तेज पार्न सफल रहेको दाबी पनि गरेका छ्न्।

उनले इजरायलले अब छिट्टै नै त्यसको प्याटेन्ट राईट लिने र कोरोना विरुद्धको त्यस्तो एन्टिबडीको ठूलो मात्रामा  उत्पादन गर्ने बिबिसीले जनाएका छ्न् ।