कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

स्वास्थ्य

काठमाण्डौँ । अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

यसबारे नेपालस्थित रसियन दूतावासका उच्च अधिकारीले र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेट गरी सो जानकारी गराइसकेका छन्।
उनीहरुले अर्को साता आउने टोलीले ‘स्पुतनिक भी’ को ५ हजार स्याम्पल लिएर आउने भन्दै त्यसको भण्डारण व्यवस्थापन गरिदिन आग्रहसमेत गरेका छन्।

‘डिसेम्बर ९ मा टोली आउँदै छ। उनीहरुले आफूले तयार गरेको खोपको पाँच हजार थान स्याम्पलसमेत ल्याउँदैछन् लिएर आउने जानकारी गराएको छ,’ स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा कार्कीले भने, ‘उहाँहरुले पनि आफ्नो देशमा उत्पादन भएको खोपबारे हामीलाई जानकारी दिनुहुनेछ।’

रसियन टोलीले आफूले उत्पादन गरेको खोप प्रयोगको अवस्था, यसको भण्डारणका विषयमा जानकारी गराइसकेका छन्। उनीहरुले मन्त्रालयका अधिकारीहरुलाई यो खोप दुईदेखि ८ डिग्री तापक्रम र माइनस १८ डिग्री तापक्रममा राख्न मिल्नेगरी तयार पारिएको जानकारी दिएका थिए।

नेपालमा अहिले २ देखि ८ डिग्री तापक्रममा रहने खोपको भण्डारण गर्ने क्षमता छ। पछिल्लो समय बेलायत, रसिया, क्यानडालगायत देशले खोप ल्याउने प्रतिस्पर्धा सुरु गरिसकेका छन्