कोरोनाको डरले ५ सय नर्सले दिए राजीनामा

स्वास्थ्य

एजेन्सी । दक्षिण एशियामै कोरोनाको केन्द्र बनेको भारतको पश्चिम बंगाल राज्यमा कोरोनाको कहर बढेसगँ ५ सय नर्सले राजीनामा दिए पछि मुख्यमन्त्री ममता बनर्जी तनावमा परेकी छन् ।

पश्चिम बंगाल यस अघि नै आधारभुत स्वास्थ्य संरचनामा समस्यासगँ जुधिरहेका बेला बाहिरी राज्यबाट त्याहाँ कार्यरत ५ सय नर्स सामुहिक रुपमा पलायन भएपछि राज्यमा संकट बढेको हो ।

मणिपुर, मिजोराम, त्रिपुरा, उडिसा लगायतका राज्यबाट बंगालमा कार्यरत नर्सहरु पलायन भएको बताईएको छ ।

पश्चिम बंगालमा जम्मा ६८ वटा कोरोना उपचार अस्पताल बनाईएको छ जसमा ५२ वटा निजी क्षेत्रबाट छन् ।सुरक्षा अभाव र गृहराज्यबाट सुविधा पाएकाले ती नर्सहरुले धमाधम काम छोडिरहेको हुन सक्ने बताईएको छ ।