कोरोनाबाट एसीपीको ज्यान गयो

विश्व समाचार स्वास्थ्य

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतका एक एसीपीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पञ्जाब राज्यको लुधियानाका ५२ वर्षीय अनिल कुमार कोहली रहेका छन् । उनको शनिवार कोरोनाको संक्रमणबाट मृत्यु भएको हो ।

उनलाई गएको अप्रिल १३ मा कोरोना पोजेटिभ देखिएको थियो । अपोलो अस्पतालमा उपचार गरिरहेका उनको शनिवार मृत्यु भएको बारे हिन्दी मिडिया जागरणले लेखेको छ । मृत्यु भएका एसीपी कोहलीकी पत्नीलाई पनि कोरोना देखिएको जनाइएको छ ।