कोरोनाबाट बच्न सुर्ती, चुरोट छाेड्न आग्रह

स्वास्थ्य

काठमाण्डौ /कोरोना भाइरसकाे सङ्क्रमणबाट बच्न खैनी, चुराेट र सुर्तीजन्य पदार्थ छोड्न सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटले अरु व्यक्तिको तुलनामा धूम्रपान, खैनी तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई कोरोनाको जोखिम धेरै रहेको भन्दै कोरोनाबाट बच्न यी अम्मललाई छाेड्न आग्रह गर्नुभएको हो ।

उहाँले यी अम्मल छाेड्दा फोक्सो तथा मुटुले पहिलेभन्दा राम्रो काम गर्ने, रोगसँग लड्ने क्षमता बढाउने, अप्रत्यक्षरुपमा परिवारका सदस्यलाई पनि फाइदा हुने भएकाले अहिलेको अवस्थालाई धूम्रपान छाड्ने मौकाको रुपमा लिन आग्रह पनि गर्नुभयो ।

यस्तै नेपालमा दुई महिनाको शिशुदेखि ८१ वर्षको वृद्धासम्मलाई कोरोना भएको र धेरै जना २० देखि ५० वर्ष उमेर समूहका रहेकाे भन्दै उमेरले कोरोना नछेक्ने भएकाले मलाई केही पनि हुँदैन भनेर अति विश्वास नगर्न पनि डाक्टर देवकोटाले आग्रह गर्नुभयो ।

वयस्क, तन्दुरुस्त भएको भन्दै हेलचेक्र्याइँ गर्दा कोरोना फैलिन सक्ने भएकाले सावधानी अपनाउन पनि उहाँको सुझाव छ ।