कोरोना बारे गलत सूचना फैलन नदिन ह्वाट्सएपमा नया नियम

प्रबिधि

ह्वाट्सएपमा अब एक पटकमा एक व्यक्तिलाई मात्रै म्यासेज फर्वार्ड गर्न सकिने भएको छ । कोरोना बारे गलत सूचना फैलन नदिन ह्वाट्सएपले यस्तो व्यवस्था गरेको हो ।

जसको कारण अब ह्वासएप प्रयोगकर्ताले म्यासेज अब एक पटकमा एकजनालाई मात्रै पठाउन सक्ने छन् । यो भन्दा अगाडी एकपटकमा पाँचजना सम्मलाई म्यासेज पठाउन सकिने व्यवस्था रहेको थियो ।

ह्वाट्सएपले सही सूचना प्रवाह गर्न विभिन्न संघसंस्थासँग मिलेर पनि काम गरिरहेको छ । त्यस्तै ह्वाट्सएपले एक फिचरमा काम गरिरहेको छ, जसको सहयोगले म्यासेजको प्रमाणीत गर्न सकिने छ ।