कोरोना भाइरसका कारण विश्वभरि मृत्यु हुनेकाे संख्या एक लाख नाघ्याे ।

विश्व समाचार स्वास्थ्य

कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाख नाघेकाे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। उसका अनुसार विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १६ लाख नाघेको छ।

उक्त विश्वविद्यालयका अनुसार कोरोभाइरसका कारण इटलीमा सबैभन्दा बढी १८ हजार ८ सय उनान्चासकाे मृत्यु भैसकेकाे छ। त्यहाँ १८ हजारभन्दा बढीको ज्यान generic levitra for sale in australia gain गएको छ भने करिब डेढ लाख मानिसमा सङ्क्रमण पुष्टि भएको छ।

Photo: Reuters

त्यसपछि अमेरिकामा १८ हजार व्यक्तिले याे समाचार तयार पार्दा सम्म कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाएका छन्। तर सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ करिव पाँच लाखकाे हाराहारी व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ९७० जनाले ज्यान गुमाएका छन्। त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित मानिसहरूको सङ्ख्या करिब १ लाख ५७ हजार भन्दा बढि छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १३ हजार १९७ जनाको मृत्यु भएको छ भने करिब एक लाख २४ हजार भन्दा बढि व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

मृतकको हिसाबले यूके पाँचौँ स्थानमा छ, जहाँ करिब नाै हजार मानिसको मृत्यु भएको छ। सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या करिब ७४ हजार पुग्नलागेकाे छ।

भारतमा सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब सात हजार भन्दा बढि छ भने २२९ जनाको मृत्यु भएको छ।

द नेदरल्यान्ड्सका अधिकारीहरूले कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या सोचेभन्दा दुई गुणाले बढी हुन सक्ने बताएका छन्।

क्यानडामा पनि संक्रमितकाे संख्या दिनानुदिन बढिरहेकाे छ । अहिले सम्म करिव २१ हजार भन्दा बढिलाइ संक्रमण देखिएकाे छ भने ५३१ जनाकाे मृत्यु भैसकेकाे तथ्यांकले देखाएकाे छ । फेडरल हेल्थ अफिसियलका अनुसार महामारीका कारण क्यानडामा ११ हजार देखि २२ हजार सम्मकाे मृत्यु हुन सक्ने बताएका छन्र ।