कोरोना भाइरसबाट सांसदकै मृत्यु

स्वास्थ्य

चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसका कारण इरानमा एक सांसदको मृत्यु भएको छ । इरानी सांसद मोहम्मद अली रमाजनी दस्तकको शनिबार कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

सांसदको मृत्युसँगै इरानमा ४३ जनाको मृत्यु भइसकेको छ । जुन चीनपछि उच्च मृत्यु संख्या इरानमा नै हो । साथै ५ सय ९३ जना सं क्र मित छन् ।

इरानमा उपराष्ट्रपतिसहित आठ भिआईपी व्यक्तित्वमा कोरोना सं क्र मण सरिसकेको छ । जसमध्ये पाँच जना सांसद छन् । पछिल्लो समय तेहरानमा स्कुल र कलेजहरु बन्द गरिएको छ ।