कोरोना भाइरस ६४ मुलुकमा , तीन हजारले ज्यान गुमाए

स्वास्थ्य

आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सं क्र मण विश्वका ६४ मुलुकमा भेटिएको छ ।
विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्यांक अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सं क्र मण का कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सं क्र मण पुष्टि भएको छ ।

शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा सं क्र मण पुष्टि भएको छ ।कोभिड–१९ भनिने उक्त भाइरसको संक्र मण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको सं क्र म णका कारण मृत्यु भएको छ ।

चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा ५७३ जना नयाँ विरामीमा संक्रमण पुष्टि भएको छ भने ३५ जनाको सं क्र मण पछि उपचारका क्रममा मृत्यु भएको छ ।

अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस संक्र म णको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भएको छ । यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्यांकको तुलनामा निकै धेरै गुणा भाइरस संक्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो समयमा चीनबाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस सं क्र मण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म तीन हजार ७३६ जनामा संक्रमण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा सं क्र मण पुष्टि भएको छ भने कूल १८ जनाको मृत्यु भएको छ ।

इटलीमा कूल एक हजार १२८ जनामा सं क्र मण भएको र अघिल्लो दिनभन्दा थप सं क्र मण नभएको र कूल २९ जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको मृत्यु भएको छ भने संक्र मि तको संख्या आइतबारसम्म थप ३८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले संक्र म णपछि उपचार सेवा लिइरहेको बताइएको छ ।

जापानमा कूल २३९ व्यक्ति सं क्र मित भई उपचार गरिरहेका बताइएको छ भने कूल ११ जनाको मृत्यु भएको छ । जापानमा विगत २४ घण्टामा थप नौजनामा संक्र मण को पुष्टि भएको छ ।

जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिेस नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा ७०० जनामा संक्र म ण भएको अधिकारीहरूले बताएका छन् ।

उल्लेखित तथ्यांक सम्बन्धित देशका विश्वसनीय तथा आधिकारिक संस्था तथा विश्वस्वास्थ्य संगठनको सहयोगमा एएफपीले लिएको हो ।FacebookTwitterFacebook MessengerWhatsAppLinkedInShare