कोरोना माहामारी बीच श्रीलंकामा आम निर्वाचन: सत्तारूढ दललाई बहुमत

राजनीति विश्व समाचार

मदन बस्नेत, क्यानाडा। ०७ अगस्ट २०२०। कोरोना भाइरसको संक्रमणबीच श्रीलंकामा बुधबार भएको संसदीय चुनावमा सत्तारूढ दल श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) दलले बहुमत हाँसिल गरेको छ।

त्यहाँको निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी महिन्दा राजापाक्षेलाई फोन गरेर बधाई दिनुका साथै नेपाल भ्रमणको निम्ता पनि दिएका छन्।