कोरोना सम्बन्धमा चीन: जाँचकोलागि तयार, राजनीतिक हस्तक्षेप नसहने चेतावनी !

विश्व समाचार स्वास्थ्य

एमखबर न्यूज डेस्क, क्यानडा। २४ मे २०२०। अमेरिका र अस्ट्रेलिया लगायत बिश्वभरका थुप्रै देशहरूले कोरोना भाइरसको वैश्विक महामारीको उत्पत्तिको एउटा स्वतंत्र जांच हुनुपर्ने माग लगातार रुपमा उठाईरहेको सन्दर्भमा चीनले भनेको छ- चीन जांचको लागि तयार छ तर उक्त जाँच निष्पक्ष र रचनात्मक हुनु पर्छ। र, पूरै प्रक्रिया राजनीतिक हस्तक्षेपबाट मुक्त हुनु पर्छ। कुनै पनि राष्ट्रको संप्रभुता माथी आँच पुर्याउनु हुँदैन।

भाइरसको सम्बन्धमा चीनको विरुद्धमा उठाइएको मुद्दा  गैरकानूनी भएको ठहर गर्दै कोविड-19 को सवालमा चीन विरुद्धको ती सबै मुद्दा तथ्यहीन र गलत आरोपबाट ग्रसित भएको चीनिया पक्षको दाबी छ। चीन आफैं पनि अन्य मुलुकहरू जस्तै वैश्विक महामारीको शिकार भएको छ र कोरोना पीडित मुलुकहरूलाई सहयोग गरिरहेको छ। 

चीनले अमेरिकाले सत्य तथ्यहरुलाई नजर अन्दाज गरेको र चीनको विरुद्धमा झुठ फैलाउने षडयन्त्र गरेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र विदेश मंत्री माइक पोम्पियो दुबैले चीन माथी कोरोना वायरससंग संबंधित जानकारी लुकाएको आरोप लगाउँदै आएका छन् र दुबैले कोरोना चीनको एक प्रयोगशालाबाट निक्लिएको दाबीलाई निरन्तर रुपमा दोहोराउँदै आएका छ्न्। 

यद्यपि यस संबन्धमा धेरैजसो वैज्ञानिकहरु कोरोना भाईरस जानवरबाट मानिसमा सरेको बिश्वास गर्दछ्न्।