क्यानडाका लागि नवनियूक्त नेपाली राजदुत महामहिम भृगु ढुंगाना द्वारा ओहोदाको प्रमाणपत्र पेश, नेपालको हरेक क्षेत्रमा सहयाेग गर्न क्यानडा सरकार तयार ।

क्यानडा विशेष नेपाल समाचार

क्यानडाका लागि नवनियूक्त नेपाली राजदुत महामहिम भृगु ढुंगानाले मे २८ तारिखमा क्यानडाकी गभर्नर जर्नल जुलीया प्याटि समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नु भएको छ ।

नेपालको संविधानको धारा २८२(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई क्यानडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा ४ बर्षका लागि नियुक्त गर्नु भएको थियो ।  ढुंगाना परराष्ट्र मन्त्रालयका सहसचिवमा कार्यरत हुनुहुन्थ्यो ।

ओहोदाको प्रमाणपत्र पेश पछि गभर्नर जनरल संग भएको अफिसियल कुराकानीमा महामहिम राजदुत ढुंगानाले राष्ट्प्रति बिद्या देवी भण्डारी र प्रधानमन्त्री केपी र्शमा वली बाट गर्भनल जनरलको ब्यक्तिगत सुस्वास्थ्य, दिर्घायु तथा क्यानडाको उत्तरोत्तर प्रगतिको कामना गरेको सन्देश सुनाउनु भएको थियो । साथै बार्ताको क्रममा नेपाल सरकारको बर्तमान प्राथमिकताको बारेमा पनि छलफल भएको थियो । उहांले नेपालको बिकाश प्रयासमा क्यानडा सरकारले पुर्यायको सहयोगमा धन्यवाद दिदै भबिष्यमा अझै दुई देश बिचको सम्बन्ध र सहयोगमा बिस्तार हुने आशा समेत ब्यक्त गर्नु भएको छ भने गभर्नर जर्नलले नेपाल र क्यानडाको बिचको उत्कृष्ट सम्बन्धको मूल्यांकन गर्दै द्धिपक्षिय सम्बन्धलाई अझ बलियो बनाउनका लागि क्यानडा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु भएको थियो ।
नेपाली दुतावास अटावाले जारि गरेको प्रेश बक्तब्यः

नेपालीहरू दिनानु दिन क्यानडा आउने क्रम बढिरहेको तर हालसम्म पनि नेपालमा क्यानेडियन दुतावास नभएको अबस्थामा त्यसप्रति उहांको क्यानेडियन सरकार संगको दुतावास स्थापनाको प्रयास लाइ महत्वपूर्ण ढंगबाट हेरिएकाे छ । बिश्वको क्षेत्रफलको आधारमा दोश्रो ठूलो र जनसंख्याको आधारमा लगभग नेपाल सरह रहेको देश क्यानडा बाट उहांले आफ्नो भूमिका कस्तो निर्वाह गर्नु हुन्छ, त्यो भने हेर्न बांकि छ ।

समाराेहमा श्रीमति संगिता ढुंगानाका साथै नेपाली दुताबास ओटावाका अधिकारीहरूकाे उपस्थिति रहेकाे नेपाली दुतावासले जनाएकाे छ ।

एमखवरडटकम उहांको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।