क्यानडाको उत्कृष्ट आप्रबासी पुरस्कार नेपाली मूलका प्राध्यापक डा.तुल्सी धरेललाई पनि ।

क्यानडा विशेष

शेयर गर्नु होस ।

क्यानडा को उत्कृष्ट २५ जना आप्रबासी क्यानेडियन मध्येमा नेपाली मूलका क्यानेडियन प्राध्यापक डा.तुल्सी धरेलले पनि प्राप्त गरेका छन् । क्यानेडियन इमिग्रायन्ट नामक म्यागजिनले बिभिन्न देशबाट आएर बसोवास गर्ने आप्रवासीहरुलाई प्रोत्साहनका साथै उत्पे्ररित गर्ने उद्धेश्यले बिगत ११ बर्ष देखि यो कार्यक्रम संचालन गर्दै आएको छ । आयोजक म्यागजिनका निर्देशक सन्जय अग्निहोत्रीले यस बर्ष बिजेता र उत्केष्ट २५ छनौट गर्न ६५ हजार भोटीगं भएकोले आप्रवासीमाझ यसको महत्व अझ बढेको जनाएका छन् ।

जसलाई रोयल बैक अफ क्यानडाले प्रायोजन गरिरहेको छ ।  डा. धरेल लामो समय देखि क्यानडाको बिभिन्न कलेज, बिश्वबिध्यालय हुदै हाल टोरोन्टोको सेन्टेनियल कलेजमा एकेडेमिक गभर्नरका रुपमा कार्यरत छन् । प्राध्यापन पेशामा तिन दशक बिताई सकेका उनी नेपाली समूदायमा समेत नजिक रहि कन्सर्न नेपाल मार्फत बिगत लामो समय देखि सामाजीक क्षेत्रमा समेत संलग्न छन् । उत्तर अमेरिकाको क्यानडा जस्तो देशमा आएर एउटा नेपालीले यो किसिमबाट पुरस्कृत हुनु सबै नेपालीहरुको गौरवको बिषय हो ।

उनले आफूले अवार्ड संगै प्राप्त हुने नगद राशी भने नेप्लिज क्यानेडियन हेरिटज सेन्टर, पशुपनिनाथ मन्दिर क्यानडालाई हस्तान्तरन गरेका छन् । अवार्ड बितरण समारोह जुन २५ मंगलवारका दिन टोरोन्टोमा सम्पन्न भएको थियो । यस अभियानमा साथ सहयोग गर्नुहुने सबै प्रति उनले हार्दिक आभार व्यक्त गरेका छन् ।

एमखवर डटकम उहांलाई हार्दिक बधाई सहित आउदा दिनहरुमा अझै उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।