क्यानडाको टप आप्रवासी सुचीमा नेपाली प्राेफेसर डा. तुल्सी धरेल, २५ भित्र परे अवार्ड

NRNA क्यानडा विशेष

क्यानडाको टप २५ क्यानेडियन आप्रवासी अवार्डका लागि नेपाली बौद्धिक व्यक्तित्व डा. तुल्सी धरेल छनाैटमा पर्नु भएको छ । प्रस्तावित सयौं नामबाट धरेल ७५ जनाको सुचीमा पर्नुभएको हो । ७५ जनाको सुचीबाट छनौट गरेर २५ जनालाई क्यानेडिन आप्रवासी अवार्ड प्रदान गरिनेछ ।

क्यानडाको सेन्टेनियल कलेजमा मार्केर्टिङ विषयका प्रोफेसर धरेलले सोसल मार्केर्टिङमा विद्यावारिधी गर्नुभएको थियो । झण्डै १९ बर्षदेखि क्यानडामा बस्दै आउनुभएका धरेल त्यहाँका चर्चित सामाजिक तथा बाैद्दिक व्यक्तित्व समेत हुनुहुन्छ ।

वहालाइ तलकाे लिंकमा गएर यहि अउदाे मे १६, २०१९ सम्ममा बिश्वकाे कुनै पनि कुना बाट भाेटिंग गर्न सकिन्छ । भाेटिगं अहिले पनि खुल्ला गरिएकाे छ ।