क्यानडाको पिल रिजनमा ‘रेड जोन’ चरणको लागि कडा प्रतिबन्ध ।

Breaking क्यानडा विशेष

शेयर गर्नु होस ।

राजु थापा, नोभेम्वर ०८, २०२० । क्यानडाको अन्टारियो प्रान्त स्थित पिल क्षेत्रमा बिग्रदै गैरहेको कोभिड १९ महामारीको कारण पिल क्षेत्रका लागि स्वास्थ्य अधिकारी डा. लरेन्स लोहले समुदायलाई कडा निर्देशन दिएका छन् ।

भोली नोभेम्वर ९ तारिख बिहान १२.०१ बाट अर्को सूचना नभए सम्मका लागि लागु गरिने उक्त निर्देशन प्रत्यक १४ दिनमा पुनर्मूल्यांकन गरि आवस्यक सहित परिमार्जित गरिने जनाईएको छ ।

निर्देशनमा ब्यावसायिक प्रतिष्ठानहरुमा छुट्टी मनाउने र सामाजीक जमघट नगर्न नोभेम्वर १३ तारिख बाट लागु हुने जनाइएको छ । बिबाह समारोह र सम्मेलनहरुलाई जनवरि ७, २०२१ सम्मलाई  अनुमति नदिईने बताईएको छ । धार्मिक सेवाहरु, बिबाह संस्कार देखि अन्त्येष्टि वा अन्य कुनै पनि समारोहहरु भर्चुअल माध्यमबाट मात्र गर्ने । त्यसमध्ये यदि बिबाह र अन्येष्टिमा सम्भव नभएमा बढिमा ५० व्यक्तिको लागि २ मिटर दुरी कायम गरि अन्य आवश्यक मापदण्ड पुरा गरि गर्नु पर्नेछ ।

साथै बार, रेष्टुरेन्ट र अन्य फुड कोर्टहरुमा एकै परिवारका सदस्य र अत्याबस्यक सहयोगि बाहेक अन्य कुनै ब्यक्ति एकै ठाउमा बस्न नपाउने । कार्य क्षेत्रमा अनाबस्यक आगन्तुकहरुलाई प्रतिबन्ध गर्ने । जिम र फिटनेस सेन्टरहरुले सबै मापदण्ड पुरा गरि सहभागिहरुको दर्ता अपटुडेट राख्ने र नब आगन्तुकहरुलाई बन्द गर्ने । ब्यांकट, बैठक र कार्यक्रमहलहरु बन्द गरिने जनाएको छ । 

पिलका बासिन्दाहरुलाई बिशेष गरि आफ्नो परिवार बाहेक अन्य परिवारको सम्पर्कमा नरहने र आफु अन्य छिमेकि वा साथीभाईहरुको घरमा नजाने र अरुलाई पनि बिशेष अत्याबस्यक कारण बाहेक आफ्नो घरमा पनि नवोलाउने भनि सचेत गराएको छ ।

यि सबै अतिरिक्त उपायहरु ओन्टारियो नियमावली २६३/२० को अधिकार अन्तर्गत राखिएको छ । यस बाट ओन्टारियामा दिनप्रतिदिन बढ्दै गैरहेको महामारीमा कमि आउने अपेक्षा गरिएको छ । पिल रिजन भित्र मिसिसागा, ब्रामटन र क्यालडन सहरहरू पर्दछन् ।