क्यानडाको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टिको आन्तरिक नोमिनेसन दौडमा नेपाली मूलका बिजय पौडेल ।

क्यानडा विशेष राजनीति विविध

राजु थापा, एमखवर क्यानडा । जनवरी २५, २०२१ । नेपाली मूलका बिजय पौडेल कन्जरभेटिभ पार्टिको तर्फ बाट क्यानडाको संघिय सांसदको लागि उम्मेदवार बन्न नोमिनेसनका लागि छनौटमा परेका छन् । लामो समय देखि क्यानडामा बसोबास गर्दै आएका बिजय ब्यवसाय गरिरहेका छन् । उनी गैरआवासीय नेपाली संघ क्यानडाका बर्तमान उपाध्यक्ष समेत रहेका छन् । नेपाली समूदायमा एनआरएनएको तर्फबाट कोभिड १९ को बिभिन्न गतिबिधिमा अग्र पंतिमा रहि उनले काम गरेका छन् ।

Advertisement:

एक दशक भन्दा अघि देखि आफु बस्दै आएको जिटिएमा पर्ने मिसिसागा माल्टन क्षेत्रबाट उम्मेदवार बन्ने सोचका साथ उनी अहिले पार्टिको आन्तरिक नोमिनेसन प्रतिस्पर्धा दौडमा पर्न सफल भएका छन् । क्यानडाको नियम अनुसार कुनै पनि राजनितिक दलको उम्मेदवार बन्नका लागि सर्बप्रथम आफु संलग्न पार्टिबाट छनौटमा पर्नु पर्दछ । यसरी छनौट गर्दा सो क्षेत्रका पार्टिका सम्पूर्ण सदस्यहरुले भोटिगं गरि छनौट गर्ने छन् ।  त्यसबाट छनौट भएपछि मात्र पार्टिको तर्फबाट आधिकारीक उम्मेदवार घोषणा हुने प्राबधान छ ।

Advertisement:

छोटै समयमा क्यानडा जस्तो बिकसित देसको अहिले प्रतिपक्षमा रहेको राजनैतिक कन्जरभेटिभ दल बाट यो मौका पाउनु बिजय पौडेलको लागि ठुलो अवसर त हो नै त्यसको अलावा नेपाली समूदायका लागि पनि गर्वको कुरा हो । फेब्रुअरी र मार्च भित्र हुने पार्टिको आन्तरिक छनौटमा उनी बिजय भएमा अब १६ अक्टोवर २०२३ मा हुने क्यानडाको फेडरल निर्वाचनमा उनी पार्टिको तर्फ बाट मिसिसागा माल्टन क्षेत्रको उम्मेदवार हुनेछन् । त्यसमा बिजय भएमा क्यानडाको प्रतिनिधि सभा अटवा बाट सांसदको रुपमा आफ्नो भूमिका निभाउने मौका उनले पाउने छन् ।