क्यानडाको ब्रामटन शहर निवासी श्रीलेश कालिराजको निधनः

NRNA क्यानडा विशेष प्रवास

शेयर गर्नु होस ।

ब्राम्टन निवासी दिनेश कालिराज तथा कल्पना सुनारका सुपुत्र श्रीलेश कालिराजको २३ बर्षको उमेरमा असामयिक निधन भएको छ । यहि मार्च १२ तारिक २०२१ शुक्रवारको दिन भएको निधनको खवरले ग्रेटर टोरोन्टो स्थित ब्रामटन शहरका नेपाली समूदायहरु पिडामा परेका छन् । एनआरएनए क्यानडाले यस दुखद घडिमा  मर्माहत भएको जनाउदैं दिवंगत आत्माको चिरशान्तीको कामना ब्यक्त गर्नुका साथै स्व. श्रीलेश कालिराज प्रति हार्दिक श्रदाञ्जली अर्पण गरेको छ । साथै मृतकका अभिभावक दिनेश कालिराज तथा कल्पना सुनार लगायत शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त समेत गरेको छ । 

एमखवर परिवार मृत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पन गर्दछ ।