क्यानडाको संघिय मध्याबधि निर्बाचन सेप्टेम्बर २० मा । सत्तारूढ लिबरल पार्टि अगाडि । अग्रिम मतदान आज बाट सकियो ।

Breaking क्यानडा विशेष राजनीति

शेयर गर्नु होस ।

राजु थापा, एमखवर डटकम क्यानडा । १३ सेप्टेम्वर, २०२१ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले अगष्ट १५ मा प्राम्भिक चुनावको घोषणा गरे अनुरुप सेप्टेम्वर २० मा संघिय संसदको मध्याबधि निर्बाचन हुदैछ । सेप्टेम्बर २० का लागि मतदान तोकिए पनि क्यानडामा अग्रिम मतदान खुल्ला गरिने प्राबधान छ । सोहि अनुरुप यहि सेप्टेम्बर १० देखि १३ तारिख सम्मका लागि अग्रिम मतदान गर्न चाहनेका लागि मतदान केन्द्र तोकिएको थियो । आज बाट अग्रिम मतदान बन्द भएको छ भने अब सेप्टेम्बर २० तारिख सोमबार मतदान हुने छ ।


क्यानडाका प्रमुख पार्टिहरु अहिले चुनावी प्रचार प्रसारमा ब्यस्त रहेका छन् । ३ सय ३८ संघिय सांसदका लागि प्रमुख ५ पार्टिहरु सत्तारुढ लिवरल, बिपक्षि कन्जरभेटिभ, न्यू डेमेक्रेटिक, ग्रिन र ब्लक क्यबेकोस प्रतिष्पर्धामा रहेका छन् ।
आज सम्म भएको सर्भेक्षणमा सत्तारुढ जस्टिन टुडोको लिबरल पार्टि अगाडि छ । चुनावी प्रचार प्रशारको क्रममा प्रधानमन्त्री जस्टिन टुडोलाई बिभिन्न स्थामा अण्डा तथा ढुंगा प्रहार गरेका छन् ।
गत साता फ्रेन्च तथा अग्रेजी भाषामा सबै पार्टिका प्रमुख नेताहरु बिच चुनावी मुद्धा र भावि योजनका बारेमा प्रत्यक्ष बहस गराईएको थियो, जसमा लिबरल पार्टिका नेता तथा प्रधानमन्त्री जस्टिन टुडोको लोकप्रियता अगाडि रहेको पाईएको छ ।
क्यानडामा प्रत्येक ४ बर्षमा संघिय स्तरमा ३३८ सिटको लागि आम निर्बाचन हुने गर्दछ । यस अघि २०१९ मा भएको निर्बाचनमा लिबरल पार्टिले १५७ सिट, कन्जरभेटिभ पार्टिले १२१ सिट, ब्लाक क्युबेकाँइस पार्टिले ३२ सिट, न्यू डेमोक्रेटिक पार्टिले २४ सिट, ग्रिन पार्टिले ३ सिट र स्वतन्त्रले १ सिट जितेका थिए । कुनै पनि पार्टिको स्पस्ट बहुमत नआए पछि ठुलो दलको हैसियतले लिबरल पार्टिले सरकार गठन गरेको थियो । क्यानडामा सरकार गठन गर्न स्पस्ट बहुमतका लगि कम्तिमा १७० सिट जित्नु पर्ने हुन्छ ।

क्यानडामा १० प्रान्त र ३ टेरिटोरि क्षेत्रमा गरि ३३८ सांसद सिट संख्या छ ।