क्यानडाको संसद भंग, प्रधान मन्त्री ट्रुडोले गरे प्रारम्भिक निर्वाचनको घोषणा, बिपक्षि पार्टिहरु द्धारा निन्दा ।

Breaking क्यानडा विशेष विश्व समाचार

शेयर गर्नु होस ।

राजु थापा, क्यानडा । १६ अगष्ट, २०२१ ।। प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार क्यानडामा प्रारम्भिक चुनावको घोषणा गरेका छन् ।  उनले  क्यानडा सरकार लाई महामारी संग लड्न र यसको आर्थिक प्रभावहरु बाट उन्मुक्ति दिनको लागी जनादेश लिन आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले गभर्नर जनरल मैरी साइमन लाई संसद भंग गर्नको लागी राखेको प्रस्ताव स्विकृत गरि अनुमति दिए पछि अब सेप्टेम्बर २०, २०२१ मा ४४औ क्यानडाको संघिय निर्बाचन हुने भएको हो । यो चुनाव अघिल्लो मतदान पछि दुई बर्ष भन्दा कम समय मा हुन लागेको छ । यस अघि २०१९ सेप्टेम्वरमा निर्वाचन भएको थियो । जसमा लिबरल पार्टिले बहुमत प्राप्त गर्न नसकेकोले सरकार चलाउन पप्ठेरो परिरहेको छ ।

आइतबार नै कन्जर्वेटिभ नेता एरिन ओ टूल, र केन्द्रको वामपन्थी न्यू डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने जगमीत सिंहले महामारीको बेला मतदान खतरनाक भएको भन्दै प्रारम्भिक निर्बाचनको निन्दा गरेका छन्।

क्यानाडाली राजनीतिक पर्यवेक्षकहरु भन्छन् कि, प्रधान मन्त्री जस्टिन टुडो सरकारले महामारीको अबस्थामा आईपरेको जनता प्रतिको उत्तरदायीको भूमिकामा राम्रो संग प्रस्तुत भएको र त्यसले अबको प्रारम्भिका निर्बाचनमा टुडोलाई सफलता हासिल हुने छ ।

क्यानडामा प्रत्येक ४ बर्षमा संघिय स्तरमा ३३८ सिटको लागि आम निर्बाचन हुने गर्दछ । यस अघि २०१९ भएको निर्बाचनमा लिबरल पार्टिले १५७ सिट, कन्जरभेटिभ पार्टिले १२१ सिट, ब्लाक क्युबेकाँइस पार्टिले ३२ सिट, न्यू डेमोक्रेटिक पार्टिले २४ सिट, ग्रिन पार्टिले ३ सिट र स्वतन्त्रले १ सिट जितेका थिए । कुनै पनि पार्टिको स्पस्ट बहुमत नआए पछि ठुलो दलको हैसियतले लिबरल पार्टिले सरकार गठन गरेको थियो । क्यानडामा सरकार गठन गर्न स्पस्ट बहुमतका लगि कम्तिमा १७० सिट जित्नु पर्ने हुन्छ ।

क्यानडामा १० प्रान्त र ३ टेरिटाेरि क्षेत्रमा गरि ३३८ सांसद सिट संख्या छ ।