क्यानडाबाट पशुपतिनाथ युटुब च्यानल संचालनमा।

क्यानडा विशेष

हिजो मे ४, २०२० क्यानडाको ब्रामटन शहरमा एक शक्ति कार्यक्रमका बीच पशुपतिनाथ  क्यानडा नामक युटुब च्यानलको सुभारम्भ भयो। अब क्यानडा तथा उत्तर अमेरिकी लगायत बिश्व भरि बसोबास गर्ने नेपालीहरुले दैनिक र नियमित रुपमा मन्दीरमा हुने गतिविधिहरुको प्रत्यक्ष तथा रेकर्ड कार्यक्रम सुन्न तथा हेर्न पाउने छन। जस्ले गर्दा प्रत्यक्ष मन्दीर गै दर्सन गर्न नसक्ने समुदाय लाभान्वित हुने बिश्वास गरिएको छ।

एक प्रसङमा मन्दीरका चेयरमेन डाक्टर हरि गुरुङले कार्यक्रमलाई निरन्तर र नियमित गर्ने हाम्रो कोशिस रहने छ  यसमा सबै समुदायका भक्तजनहरुको सहयोग रहनेमा हामी बिस्वस्त छौ।

हामी  एम खबर परिवार यस महान कामको निरन्तरताको लागी  शुभकामना व्यक्त गर्द छौ।