क्यानडामा चितबन समाज क्यानाडा नामक सामाजिक सस्थाको स्थापना, कोर्डडिनेटरमा मान पौडेल चयन।

क्यानडा विशेष

नेपालको चितवन जिल्लाबाट क्यानडाको विभिन्न स्थानहरुमा बसोबास गर्दै आइ रहेका ब्यक्तिहरुको बृहतर भेलाले चितबनको नाता सधैलाई भन्ने मुल नाराका साथ”चितबन समाज क्यानाडा” नामक सामाजिक सस्थाको स्थापना गरेको छ।

भेलाले कोर्डडिनेटरमा मान पौडेललाई चयन गरेको छ भने सचीवमा डाक्टर कन्चन देबकोटा तथा कोसाध्क्षयमा किरोज श्रेष्ठलाई चयन गरेको छ तेस्तै अन्य १६ जनालाई सद्श्यमा चनय गरेको छ। सदस्यहरुमा ढुन्डि पौडेल, डाक्टर तुल्सी धरेल,देबेन सुवेदी,बिमला सापकोटा,सैलेन्द्र चापागाईं,दिपक सापकोटा, उदय दुरा,पुर्ण कडेल,राजन श्री छत्त्कुली,डाक्टर बिनोद श्रेष्ठ, यादव सापकोटा,सुशीला पान्डे, डाक्टर माया सुबेदी,चन्दिका दवाडी,सन्जिबना खनाल रहनु भएको छ।

हालको प्रारम्भिक समिती आगामी एजिएमसम्म रहने र आगामी एजिएमले निर्वाचन गरि पहिलो निर्वाचित कार्यसमितीको निर्माण गर्ने कुरा जनाएको छ। हाल समितीले युद्धस्तरमा क्यानडा निवासी चितबनेहरुलाई सम्पर्क ल्याउने र सम्बन्दन दिने काम गरि रहेको छ भने हालसम्म १०० जना भन्दा बढीले सस्थाको सदस्यता प्राप्त गरि सकेका छन। क्यानडामा २००० माथीको संख्या चितवन निवासीहरु बसोबास  रहेको अनुमान गरिन्छ ।