क्यानडामा नेपालीहरुको ब्यापार ब्यबसायमा सहभागिता बढ्दो, ब्रामटनको मुटुमा खोल्यो नेपालीको ईन्डियन करि एक्सप्रेस ।

Events क्यानडा विशेष

शेयर गर्नु होस ।

नेपालीहरुको क्यानडामा माइग्रेसन हुन थालेको लामो ईतिहाँस नभए पनि यहाँ आएकाहरु बिस्तारै बिभिन्न पेशा मार्फत ब्यापार ब्यबसायमा लाग्न थालेका छन् । यसै क्रममा हालै मात्र ग्रेटर टोरान्टो स्थित ब्रामटन शहरको मुटुमा १८ बर्ष कार्यरत आफ्नो पेशालाई निरन्तरता दिदै ब्रामटन निबासी प्रकाश थापा क्षेत्री र श्रीमती निरु कुँवरको प्रयासमा ईन्डियन, नेपाली र चाईनिज खानाको रेष्टुरेन्ट संचालनको शुभारम्भ गरिएको छ । रेष्टुरेन्टले डाइन इन लगायत टेक आउट र क्याटरिगंको ब्यबस्था समेत भएको जनाएको छ ।  

२२ जुन शनिवारका दि भएको ग्राण्ड ओपनिगंमा ब्रामटन मेयर प्याट्कि ब्राउनले उपस्थित भै संचालकलाई शुभकामना दिएका थिए । साथै नेपाली समाज लगायत अन्य ब्यक्तिहरुले उपस्थित भै स्वादिष्ठ खानाको सुभारम्भ गरि ब्यबशायको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

ब्रामटन शहरको मुटुमा खोलीएको उक्त नेपाली रेष्टुरेन्ट नजिकै रहेको सिटि अफिसको भूमिगत पार्किगंको सुबिधा समेत प्रसस्तै रहेको छ ।

संचालक प्रकाश थापा रेष्टुरेन्ट तथा होटल क्षेत्रमा लामो समय देखि कार्यरत छन् र हम्बर कलेज बाट होटल सम्बन्धि अध्ययन समेत गरेका छन् । यसले के देखाउछ भने नेपालीहरु पनि आफ्नो ब्यापार ब्यबशायमा दिनानुदिन सक्षम हुदै गैरहेको प्रष्ट हुन्छ । हाल क्यानडामा नेपालीहरु घर जग्गा ब्यबसायमा बढि लागेको देखिन्छ भने त्यसको अलावा ईन्सुरेन्स, कानुनी सेवा, ब्युटि पार्लर, किराना पसल लगायत अन्य धेरै क्षेत्रमा सहभागिता बढ्दै गैरहेको छ । मिडिया क्षेत्रमा समेत केहि मिडिया कर्मिहरुले नेपाली समूदायमा सेवा गरि अगाडि बढिरकेको पाईन्छ ।