क्यानडामा नेवा गुठि द्धारा मादल प्रशिक्षण कार्यक्रम संचालन ।

क्यानडा विशेष मनाेरंजन

क्यानेडियन नेवा गुठिले जिटिएमा बस्ने ईच्छुक नेपालीहरुलाई मादल प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । बिदेशको ब्यस्त समयको बाबजुद पनि आफ्नो कला संकृतिको जगेर्नाका साथै मनोरन्जनका लागि यस्तो प्रशिक्षणको आयोजना गरिएको नेवा गुठिले जनाएको छ ।  मे महिनाको पहिलो साता नेप्लिज क्याननेडियन हेरिटेज सेन्टर (पशुपतिनाथ मन्दिर) मा गुठिले आयोजना गरेको नयाँ बर्ष २०७६ को शुभकामना तथा पुजा कार्यक्रममा मादल प्रशिक्षणमा सहभागि पहिलो ब्याचले मौलिक नेपाली गितहरुमा मादल बजाई आफुले सिकेको मादलको कला प्रस्तुत गरेका थिए ।

मादल प्रशिक्षणमा हिमालयन भाइब्सका संगित कर्मिहरुको पनि सहभागिता थियो । नेपालका संगित बाधक सानुराजा महर्जनले मादल प्रशिक्षण गराउनुका साथै हिमालयन भाईब्सले गर्ने सांगेतिका कार्यक्रमको नेतृत्व गर्दै आईरहेका छन् । यस्ता खालका कार्यक्रमहरुबाट नेपाली भाषा, संगितको क्षेत्रमा क्यानडामा रहेका नयाँ पुस्तालाई पनि आकर्षण गर्न अबस्य पनि टेवा पुग्ने देखिन्छ ।