क्यानडामा बिभिन्न क्षेत्रमा रहि कार्यरत करिव ९० हजार भन्दा बढि लाई स्थायी बसोवास (पिआर) दिने आवेदन खुल्ला ।

Breaking क्यानडा विशेष विविध

शेयर गर्नु होस ।

राजु थापा, एमखवर क्यानडा । ०७ मे, २०२१ । क्यानडाका आप्रवासन, शरणार्थी तथा नागरिकता मन्त्री माननीय मार्को ई.एल मेंडिसिनोले क्यानडामा रहि क्यानडाको अर्थब्यवस्थामा सक्रिय योगदान पर्याईरहेका अस्थायी कामदारहरु र अन्तराष्ट्यि स्नातकहरुको नयाँ मार्गको लागि कार्यक्रम ल्याएको जनाएका छन् ।

यो विशेष सार्वजनिक नीतिले अस्थायी कामदारहरु र क्यानडाको संस्थाको अन्तर्राष्ट्यि स्नातकहरुजो क्यानडामा पहिलेदेखि नै बसिरहेका र कोभिडको महामारी बिरुद्ध लड्न र क्यानडाको आर्थिक सुधारमा आफ्ना सीप र अनुभवलाई बिभिन्न क्षेत्र मार्फत महत्वपूर्ण योगदान गरिरहेकाहरुलाई लक्षित गरि यो कार्यक्रम ल्याएको जनाइएको छ ।

जसमध्ये स्वास्थ्य सेवामा अस्थायी कामदारको लागि २० हजार, क्यानेडियन शैक्षिक संस्थानबाट स्नातक गर्नेका लागि ४० हजार र अन्य निर्धारित अत्याबस्यक क्षेत्रको लागि ३० हजारले मापदण्ड पुरा गरि आवेदन गरेमा करिव ९० नब्बे हजार योग्य निबेदकले क्यानडाको पिआर पाउने छन् । यसका साथै समान योग्यता मापदण्डको साथ तीन थप स्ट्रिमहरू फ्रान्सेली(बोल्ने र द्विभाषी उम्मेद्वारहरूका लागि पनि शुरू गरिएको छ, तर त्यहाँ कुनै अधिकतम संख्या छैन । बृष्तृत जानकारीका लागि तलको लिंक दिईएको छ ।

www.bit.ly/3b51rsg