क्यानडामा बुद्ध जयन्ति तथा नेपाल प्रबर्धन दिवस मनाईयो

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

कन्सर्न नेपाल क्यानडाले हिजो मे १९ आईतवार टोरोन्टोमा २५६३ औ बुद्ध जयन्तिको अवसरमा शान्ति र्याली गरि बुद्ध जयन्ति तथा नेपाल प्रवद्र्धन दिवस मनाएको छ । टोरोन्टो शहरको मुख्य आकर्षक स्थान योंग एण्ड डन्डास बाट सुरु भै शहरको बिभिन्न मुख्य मुख्य भाग परिक्रमा गरि भगवान बुद्ध नेपालमा जन्मेका हुन् र उहांको बारेमा बेला बखत चल्ने गरेका भ्रामक गलत प्रचार प्रशारको बिरुद्ध बिदेशिहरुलाई जानकारी गराउन र नेपालमा पर्यटन प्रवद्र्धन गराउने उद्धश्य सहित भिजिट नेपाल २०२० लाई समेत लक्षित गरी टोरोन्टोको अति ब्यस्त शहर योगं एण्ड डण्डास स्क्वायर बाट सुरु गरि शहरको बिभिन्न भाग परिक्रमा पश्चात नाथन फिलिप स्क्वायर सिटि हलमा गएर समापन गरिएको थियो ।

भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् र विश्वभरि छरिएको शान्तिको सन्देशलाई अझ बृहत रुपमा लैजानका लागि आजको दिन सान्दर्भिक रहेको  सहभागिहरुले बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो, ओन्टारियोका प्रिमियर डग फोर्ड र टोरोन्टोका मेयर जोन टोरीले पनि बुद्ध जयन्तिको उपलक्ष्यमा पत्र मार्फत शुभकामना दिएका थिए ।

बुद्द र नेपाल चिनाउने प्रयास स्वरुप यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको ‘कन्सन नेपाल’का कार्यक्रम संयोजक चन्द्र राइले जानकारी दिएका छन् ।

नेपाली राजदुताबास, एनआरएनए क्यानडा लगायत ग्रेटर टोरोन्टो भित्र रहेका बिभिन्न संघ संथाका प्रतिनिधिहरु र नेपाली समूदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । स्मरणीय के छ भने, जिटिएमा बसोबास गर्ने नेपालीहरुको संख्याको आधारमा हेर्ने हो भने यो उपस्थिति न्यून हो ।