क्यानडामा भएकाे रक्तदान कार्यक्रममा १९ जनाकाे सहभागिता ।

NRNA क्यानडा विशेष

राजु थापा, एमखवर क्यानडा ।

गैरआवासीय नेपाली संघ, क्यानडा र ग्लोवल रक्त संचार कमिटिको संयूक्त आयोजनामा सेप्टम्वर १४ का दिन ब्रामटन शहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिटिएमा बस्ने करिव १९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रोसन केसी, ईश्वर खत्री, अनिल महत, चेतनाथ रिमाल, माधव गजुरेल, हेमराज काफ्ले, दुर्गा सुवेदी, दिनेश बानीया,क्रिजल केसी, प्रतिभा सापकोटा काफ्ले, कुमार दाहाल, ईश्वर थापा, ईश्वरी प्रशाद अधिकारी, शरद पौडेल र दिनेश खतिवडा रहेका छन् । त्यसैगरि नरेश ताम्राकार, मौसमी ताम्राकार, शम्भु शर्मा र भरत क्षेत्रीले पनि रक्तदान गरेका छन् । २८ जना सदस्यहरुले रक्तदान गर्न आवेदन दिएकोमा १९ जना मात्र रक्तदान गर्न योग्य भएका थिए । बिबिध कारणले रक्तदानमा योग्य हुन नसकेको समक्ष आयोजकले क्षमा याचना गरेको छ ।

रक्तदान कार्यक्रममा सहभागि सबैलाई आयोजकले तर्फबाट धन्यवाद दिएको छ । साथै एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे, महासचिव पिताम्वर भट्टराई, प्रवक्ता दिनेश खतिवडा, यूवा संयोजक ईश्वर खत्री, पर्यटन प्रवर्दन संयोजक प्रदिप मरहट्टा लगायत सबैमा बिशेष आभार प्रकट गरेको छ ।

कार्यक्रम एनआरएनए क्यानडाका रक्त संचार कमिटिका संयोजक सुरेश गौतमको संयोजकत्वमा सम्पन्न भएको थियो ।