क्यानडामा सामुदायिक नेपाली घर बनाउने अभियान तिब्र

क्यानडा विशेष नेपाल समाचार प्रवास

गैरआवासीय नेपाली संघ क्यानडा लगायत ग्रेटर टोरोन्टो स्थित नेपाली समुदायका प्रत्येक सदस्य र नेपाली संघ संथाहरुको सहयोग लिएर नेपाली क्यानेडियन कम्युनिटी एण्ड कल्चर सेन्टर (एनसिसिएसिसी) ले नेपाली घर अर्थात कम्यूनिटि सेन्टर बनाउने अभियान सुरु गरेको छ ।

नेपाली कला साहित्य, संकृति, नेपाली भाषा लगायत नेपाली पहिचानलाई सम्बर्धन गर्ने उद्धेस्य संथाले लिएको जनाएको छ । यस उद्धेस्यका लागि नेपाली समुदायको पहिचानको आधार नेपाली घरका लागि कम्तीमा हजार नारा अगाडि लिएको आएको छ । साथै नेपाली घर निर्माणका लागि क्यानडा सरकारसँग जग्गा माग गरिने संथाले जनाएको छ । घरका लागि हाललाई अनुमानीत लागत र उद्धेस्य मात्र लिएको छ भने त्यसको डिजाईन र पूर्ण बिबरण भने आईसकेको छैन ।

पूर्व एनआरएनए क्यानडाका अध्यक्ष तुल्सी सापकोटाको नेतृत्वका साथ २०१९ मार्चमा स्थापना गरिएको एनसिसिएसिसीको पहिलो साधारण सभा यहि जनवरी ३०, २०२१ मा हुदैछ ।

Advertisement: