क्यानडाव्यापी फुटवल प्रतियोगिता एडमन्टनमा सम्पन्न, उपाधि एडमन्टनले जित्यो ।

Breaking NRNA खेल विविध

शेयर गर्नु होस ।

एमखवर क्यानडा । ०९ सेप्टेम्वर, २०२१ । क्यानडाको एडमन्टनमा सम्पन्न क्यानडाब्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनले हात पारेको छ । क्यानडाको अन्टारियो, एडमन्टन, भ्यान्कुबर लगायत बाट १९ टिमको सहभागिता रहेको प्रतियोगिता गत सेप्टेम्वर ४ र ५ तारिख क्यालगरिमा डाँफे क्लबले आयोजना गरेको हो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानडाका नवनियूक्त अध्यक्ष दिपक दत्त गौतमले बिजयी टिम तथा खेलाडिहरुलाई पुरस्कार र सिल्ड प्रदान गर्दै एनआरएनए क्यानडाले नयाँ युवा पुस्तालाई प्राथमिकतामा राखेर आगामी दिनहरुमा बिबिध कार्यक्रमहरुको आयोजना गर्ने बताएका छन् ।
खेलकुद कार्यक्रम समापन पछि खेलाडिहरुको सम्मानमा सांकृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । उक्त कार्यक्रममा गायक युवराज गुरुगं लगायतले आफ्ना सांगितिक कोसेली प्रस्तुत गरेका थिए ।
कार्यक्रम होमलाईफ २४७ रियल्टी ब्रोक्रेजले प्रायोजन गरेको थियो ।