क्यानडा निवासी मित्र काफ्ले “ब्रामटन रेसिस्डेन्ट्स एसोसियसन काउन्सिल” को निर्देशकमा नियूक्त ।

क्यानडा विशेष विविध

एमखवर सम्वाददाता, क्यानडा ।
लामो समय देखि क्यानडा बस्दै आएका नेपाली मूलका मित्र काफ्ले ब्रामटन रेसिस्डेन्ट एसोसियसन काउन्सिल को निर्देशकमा नियूक्त भएका छन् । नव नियूक्त काफ्लेका अनुसार उक्त संथाका अध्यक्ष कुरियन प्राक्कनम बाट उनलाई निर्देशकमा नियूक्त गरेका हुन् ।
मित्र काफ्ले क्यानडा स्थित बिभिन्न नेपाली संघ संथामा आबद्ध रहनुका साथै गैरआवासीय नेपाली संघ क्यानडाका संथापक मध्यका सदस्य समेत रहेका छन् ।

ब्रामटन रेसिस्डेन्ट एसोसियसन काउन्सिल (बि आर ए सी) ब्रामटन शहरमा बसोबास गर्ने बासिन्दाहरुको आबद्धतामा छरिएर रहेका संघ संथाहरुको आधिकारीक मुनाफा मूलक निकाय हो । यसले ब्रामटनमा बसोबास गर्ने ब्रामटेनियनहरुको उन्नति, प्रगतिको लागि स्थानीय, प्रान्तिय तथा केन्द्रिय सरोकारवाला संग समन्वय गर्ने उद्धेश्य लिएको छ ।