क्यानडा बाट युवाहरूकाे नयाँ म्यूजिक भिडियो ‘कोक एण्ड जेडि’ र्सावजनीक ।

क्यानडा विशेष मनाेरंजन

क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा,कुशल बराल र निर्भान श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गित तयार गरिएको हो ।

Advertisement:

सुघब बन्जराको शब्द तथा लेजी ब्याईको संगित रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको हो । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको यो गितमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

क्यानडाबाट सन्चालित युटुब च्यानल ‘वानभर्स इन्टरटेन्मेन्ट’ बाट शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
पछील्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।

म्यूजिक भिडियोका लागि तलकाे लिंक क्लिक गर्नुहाेला :