क्यानडा सरकारको अन्तराष्ट्रिय यात्रामा कडा प्रतिबन्ध । प्रत्येक यात्रुले हाेटल क्वारिन्टाइनकाे २ हजार डलर तिर्नु पर्ने ।

Breaking क्यानडा विशेष विश्व समाचार

क्यानडा सरकारले क्यानडालीहरूको स्वास्थ्य र सुरक्षाको लागि कोभिड १९ भाइरसको नयाँ स्वरूप र रूपान्तरणको थप परिचय र प्रसारण रोक्नका लागि कडा कदम चालेको छ ।

यसै क्रममा क्यानडा सरकारले अन्तराष्ट्रिय ट्राभलमा नयाँ नियमहरूको घोषणा गरेको छ । यसै क्रममा सरकार र क्यानडाका एयरलाइन्सहरूले मेक्सिको र क्यारिबियन देशहरूमा अप्रिल ३०, २०२१ सम्मका लागि सबै उडानहरू भोली जनवरि ३१, २०२१ बाट बन्द हुदैछ ।

यसबारे क्यानडाका प्रधानमन्त्री जस्टिन ए टुडाेले जानकारी गराएका छन् :

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडाे ।

फ्रेब्रुअरी ०३,२०२१ को मध्यरात बाट  लागु हुने गरि क्यानडाको ४ वटा एअरपोर्टहरूबाट प्रस्थान गर्दा कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य गर्ने भएको छ । जुन चारवटा क्यानडाका विमानस्थलहरू टुडो अन्तराष्ट्रिय एअरपार्ट मोन्ट्रियल, टोरोन्टो पियर्सन अन्तराष्ट्रिय एयरपोर्ट, क्यानलगरि अन्तराष्ट्रिय एयरपार्ट र भ्यान्कुभर अन्तराष्ट्रिय एयरपोर्ट बाट लागु गरिने छ । यसबाट संयुक्त राज्य अमेरिका, मेक्सिको, मध्य अमेरिका, क्यानरिवियन र दक्षिण अमेरिकाबाट आउने अन्तराष्ट्रिय ब्यावसायीक उडानहरू प्रभावित हुनेछन् । 

Advertisement:

अर्को हप्ताबाट विश्वभरिबाट क्यानडा एयरपोर्टहरूमा अवतरण गर्ने अपबाद बाहेक सबै यात्रुहरूलाइ अनिवार्य क्यानडा सरकारले तोकेको होटलमा तीन रातसम्म बसि कोभिड परीक्षण समेत आफ्नै खर्चमा गर्नु पर्नेछ ।