क्यानडा स्थित नेपाली दूतावास द्वारा जरूरी सूचना

NRNA विविध

क्यानडामा रहनु भएका तर तत्काल नेपाल जानु पर्ने अबस्थामा रहनुभएका नेपालीहरूका लागि क्यानडा स्थित नेपाली दूतावासले जरूरी सूचना जारी गरेकाे छ ।

नेपाल सरकारकाे निर्णय बमाेजीम काेराेना भाइरसका कारण उत्पन्न् असहज परिस्थितिमा बिभिन्न कारणले क्यानडा भ्रमणमा रहनु भएका नेपाली नागरिकलाइ स्वदेश फर्कन सहजीकरणका लागि नेपाली दूतावास अटवा र एनआरएनए क्यानडाकाे सक्रियतामा धेरै अगाडि देखि पहल हुदै आएकाे थियाे । नेपाल फर्कन अनलाइन फारम भरेका महानुभावहरूलाइ उडानकाे तालिका सहित तयारीका लागि रहन सूचनामा भनिएकाे छ ।