क्यानाडाका ‘उत्कृष्ट ७५ आप्रवासी’ सूचीमा नेपाली मूलका इन्द्र महर्जन पनि। 

क्यानडा विशेष

शेयर गर्नु होस ।

क्यानाडाको ‘उत्कृष्ट आप्रवासी अवार्ड’ का लागि सार्वजनिक गरिएको प्रारम्भिक छनौट सूचीमा यो वर्ष पनि एकजना नेपालीभाषी नेपाली मूलका इन्द्र महर्जन परेका छन्।

यो सूचीमा परेकाहरु मध्येबाटै धेरै भोट ल्याउनेहरु ‘उत्कृष्ट २५’ मा छानिन्छन् र अवार्ड विजेता घोषित गरिन्छन्।

अन्टारियोको ब्राम्प्टन निवासी इन्द्र महर्जन पिउने पानी, ढल व्यवस्थापन लगायत क्षेत्रमा कार्य गर्दै आएका छन्। 

विश्वका मानवको जीवनमा गुणात्मक परिवर्तन गर्न योगदान गरेको कारण उनले यसै वर्ष ‘गभर्मेन्ट लिडर क्याटगरी’ मा ‘वाटर नेक्स्ट अवार्ड’ पाएका छन्।

आप्रवासीलाई प्रोत्साहन गर्ने उद्देश्यले १३ वर्षदेखि ‘क्यानेडीयन इमिग्रयान्ट’ नामक म्यागजिनले  अवार्ड प्रतिस्पर्धा सञ्चालन गर्दै आएको छ