क्यानाडाका सिटिबसमा भिजिट नेपाल २०२० को प्रचार प्रसार ।

Events क्यानडा विशेष

हिक्मत रावल, क्यानडा ।

क्यानाडाको मिसासागा सहरका सिटिबसमा भिजिट नेपाल २०२० अभियानको प्रचाप्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानाडा र क्यानाडा नेपाल पर्यटन सांस्कृतिक व्यापार मंचको आयोजनामा १० वटा सिटि बसमा सुदूरपश्चिमसहित नेपालका ७ वटै प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यस्थलका तस्वीरहरु राखी प्रचार प्रसार प्रसार थालिएको हो । नेपाल प्रमोसन नाम दिइएको सो कार्यक्रमको उद्घाटन रिभरउड पार्कमा पञ्चकन्यासहित मिसिसागाका सांसद दीपक आनन्दले गरेका थिए ।

उनले भिजिट नेपाल २०२० का अवसरमा नेपाल भिजिट गर्न सवैलाई आग्रह गर्ने र नेपालको पर्यटन विकासमा सहयोग पुर्याउने बताएका थिए । कार्यक्रमका सभापति तथा नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनले यो अभियानमा सवैले साथ दिनु पर्ने बताए । सिटि बसमा सगरमाथा, कुमारी, लुम्विनी पशुपतिनाथ, पोखरा, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका तस्वीर राखी प्रचार प्रसार थालिएको छ । दुई महिनासम्म यसरी बसमा प्रचार प्रसार हुने मानार्थ प्रतिनिधि टण्डनले बताए । पर्यटन प्रवर्दनका लागि आवस्यक सम्पूर्ण प्रचार सामाग्रिहरू गाेइगं नेपाल ट्राभल पार्टनर र एभिन्यूज खवरका सुदुर पश्चिम ब्यूराे प्रमुख पत्रकार हिक्मत रावलले गरेका छन् । कार्यक्रमको संचालन डा. अन्जनी भट्टराइले गरेका थिए ।