क्यानाडाले भारतलाई मेडिकल उपकरणको सहयोग गर्ने ।

Breaking क्यानडा विशेष विश्व समाचार

शेयर गर्नु होस ।

राजु थापा, ग्रेटर टोरोन्टो । २६ अप्रिल, २०२१ । भारतमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएपछि क्यानडाले पनि सहयोग गर्ने भएको छ । क्यानडाले स्वास्थ्य उपकरण भेन्टिलेटर र पिपिई पठाउने कुरा क्यानडाकी खरीद मन्त्री अनीता आनंदले शुक्रवार पत्रकार सम्मेलन मार्फत बताएकि छिन् । उनले भारतमा रहेका क्यानेडाली उच्चायुक्त नादिर पटेल संग सहयोग गर्ने बारे कुराकानी भैराखेको बताएकि छिन् । हाल भारतमा दैनीक ३ लाख भन्दा माथी संकम्रित थपिदै छन् भने दैनिक हजारौको संख्यामा मृत्यु भैरहेको छ । भारतलाई अहिले बिश्वका धेरै मुलुकले सहयोग गर्ने भएका छन् ।
क्यानडाले गत हप्ता देखि भने भारत र पाकिस्तानको हवाई उडान बन्द गरिसकेको छ ।