क्यानेडाली सेनाको मेडिकल टोली ओन्टारियोका अस्पतालहरूमा सहयोगका लागि भोली बाट परिचालित हुने ।

Breaking क्यानडा विशेष स्वास्थ्य

शेयर गर्नु होस ।

राजु थापा, ग्रेटर टोरोन्टो । अप्रिल २६, २०२१ । क्यानडाका प्रधानमन्त्री जस्टिन ए टुडोको नेतृत्वमा रहेको संघिय लिबरल सरकारले क्यानडाको ओन्टारियोमा महत्वपूर्ण स्वास्थ्य सेवा सुविधालाई सहयोग पुर्‍याउन तीनवटा क्यानेडाली सेनाको स्वास्थ्य सहायता टोली भोली बाट खटाउने घोषणा गरेको छ । प्रिमियर डग फाेर्डको अन्टारियो सरकारले केन्द्रिय सरकार संग सहयोगका लागि अपिल गरे पछि उक्त टोली पठाउन लागिएको हो । अन्टारीयो प्रान्तमा दैनीक चारहजारको हाराहारीमा कोरोना संक्रमित भैरहेको र प्राय अस्पतालहरु भरिभराउ छन् ।

क्यानडाको सार्वजनिक सुरक्षा विभागले एक विज्ञप्तिमा भनेको छ कि, भोलिदेखि वायुसेनाले अन्य प्रान्तहरूद्वारा ओन्टारियोमा प्रस्ताव गरिएको अतिरिक्त मेडिकल स्टाफकाे पनि उडान सुरु गर्नेछ । क्यानडाका रक्षा मन्त्री हरजित सज्जनले जस्तो सुकै चुनौती आए पनि यस कठिन समयमा ओन्टेरियनहरूलाई सहयोग गर्न हाम्रा सेनाहरु सक्षम छन् । सेनाको टोलीले बढि कोरोना प्रभावित टोरोन्टो क्षेत्रमा रहेर काम गर्ने छ ।

हाल सम्म क्यानडामा ११ लाख ८७ हजार ९ सय १८ संक्रमित भएका मध्य १० लाख ७८ हजार ७ सय १५ जना निको भै घर फर्केका छन् भने २४ हजार २४ जनाको मृत्यु भएको छ । १३ सय ५५ जना गम्भिर अबस्थामा रहेका छन् । आज क्यानडमा ८ हजार ९ सय ३१ जना संक्रमित थपिएका छन् ।