क्यानेडियालीहरूलाई सेप्टेम्बर २०२१ सम्म खोप दिइसक्ने, ‘सार्वजनिक स्वास्थ्य एजेन्सी क्यानडा’ ।

Breaking क्यानडा विशेष विश्व समाचार स्वास्थ्य

शेयर गर्नु होस ।

राजु थापा, एमखवर क्यानडा । १६ buy kamagra oral jelly online routine with russian डिसेम्वर २०२० ।

क्यानाडाले कोभिड खोप हाल्न चाहने प्रत्येक क्यानेडियालीलाई खोप दिन अर्को वर्ष २०२१ को सेप्टेम्बर अगि सम्म पर्याप्त मात्रामा डोज प्राप्त गर्ने अपेक्षा गरेको जानकारी क्यानाडाको सार्वजनिक स्वास्थ्य एजेन्सीले जनाएको छ ।

प्रधानमन्त्री जस्टिन ट्रूडोले सेप्टेम्बर २०२१ सम्म अधिकांस क्यानेडिएनहरूलाइ खोप लगाउन सक्षम हुने बताएका छन् भने क्यानाडाका जनस्वास्थ्य अधिकारी उप प्रमुख डा. होवार्ड न्जूले भने डिसेम्बर २०२१ को अन्त्यसम्ममा मात्र सबै क्यानेडिएनहरूलाइ कोभिड खोप दिन सकिने  सम्भावना भएको फरक अनुमान प्रस्तुत गरेका थिए । तर क्यानाडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (PHAC) ले भने सेप्टेम्बरको अन्त्यसम्म खोप लिन चाहने सबै क्यानेडियनहरू सक्षम हुने विश्वासका साथ २०२१ सम्म सबै क्यानडाबासीहरूलाइ खोप प्रदान गरिने लक्ष्य समेत लिएको छ ।

क्यानाडाले सात विभिन्न औषधि कम्पनीहरु फाइजर, मोडर्ना, अस्ट्राजेनीका, जोन्सन एन्ड जोन्सन, सानोफि, नोभाभाक्स र ग्लाक्सोस्मिथक्लाइन सँग ४१८ मिलियन डोज भ्याक्सिन खोपको लागी खरीद सम्झौताहरुमा हस्ताक्षर गरेको छ । केही आपूर्ति गरिएको भ्याक्सिन विकासोन्मुख देशहरूलाई पनि दान गर्न सकिने क्यानाडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (PHAC) का प्रबक्ताले जनाएका छन् ।

उता छिमेकि राष्ट्र अमेरिकाले क्यानाडा भन्दा पहिलेनै आफ्नो खोप अभियानलाई २०२१ को जून सम्म अधिकांश अमेरिकीलाई खोप दिइ सक्ने जनाएको छ ।