क्यारेबियन प्रिमियर लिग : सन्दीपको मूल्य एक करोड

खेल

सिजनको क्यारेबियन प्रिमियर लिग ‘सिपिएल’को टीम छनोटका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन् । जसमा सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर अर्थात् नेपाली १ करोड भन्दामाथि तोकेका छन् ।

आज बुधबार ड्राफ्ट गरिने खेलाडी छनोटमा २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा सन्दीप सबैभन्दा महँगो खेलाडीको नम्बर चारमा परेका छन् ।

सबैभन्दा महँगो मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी रहेका छन् । उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन् । सन्दीप गत वर्षको सिपिएलमा बार्बाडसबाट खेलेका थिए । यस वर्षको लागि बार्बडसले ५ खेलाडी आबद्ध गर्न पाउनेछ ।

त्योसँगै जमैकाले ११ जना, सेन्ट किन्टले ६ जना, सेन्ट लुसियाले ५, गुयना अमाजोन वारियर्स र ट्रिन्बागो नाइट राइडर्सले ३-३ जना खेलाडी मात्र आबद्ध गर्न पाउनेछन् ।