क्रिसमस मनाउन देश बाहिर जाँदा ओन्टारियो प्रान्तका अर्थमन्त्री रड फिलिप्सले मन्त्री पद गुमाए ।

Breaking क्यानडा विशेष

राजु थापा, एमखवर क्यानडा । ओन्टारियो प्रान्तका अर्थमन्त्री रड फिलिप्सले विवादास्पद क्यारिबियन बिदाबाट फर्केपछि राजीनामा गरेका छन् । ओन्टारियो प्रान्तले कडा तालाबन्दी गरिरहेको अबस्थामा उनले देशबाहिर भ्रमण गरेका थिए । साथै ओन्टारियो प्रान्तका प्रिमियर डग फोर्डले अनावश्यक यात्रालाई निरुत्साहित गर्ने बिहीबार घोषणा गरेका छन् ।

बिहीबार बिहान, टोरोन्टो पियर्सन एयरपोर्टमा आइपुग्दा, फिलिप्सले भने कि उनी आफ्नो जागिर राख्न चाहन्छन तर प्रिमिएर डग फोर्डको निर्णयलाई सम्मान गर्दै राजीनामा दिएको बताए । पीटर बेथलेनफाल्भीलाई अर्थ मन्त्रीको जिम्मेवारी लिइ सरकारको २०२१ को बजेट पेश गर्न आग्रह गरेको प्रिमिएर डग फोर्डले बताएका छन्, साथै यसले आगामी दिनहरूमा आर्थिक स्थिति सुदृढ गरि सुधार तर्फ अगाडि बढ्ने आसा समेत लिएको बताएका छन् ।

बिश्वभरि कोभिड महामारीले आक्रान्त पारिरहेको र देश भित्रपनि अबस्था बिग्रदै गैरहेको सम्मेदलशिल अबस्थामा जिम्मेवार पदमा बसेर नियम कानुनको कसैले अपहेलना गर्न नहुने भन्दै केहिदिन अगि प्रिमिएर फोर्ड आक्रोसित भएका थिए । बिपक्षिले पनि अर्थमन्त्री फिलिप्सको राजीनामा मागेका थिए । बिदा मनाउन देश बाहिर गएर चैतर्फि बिबादमा तानिएपछि उनले राजीनामा गरेका हुन् । उनी ओन्टारियो प्रान्तको एजेक्स बाट निर्बाचित भएका थिए ।