खाडी मुलुकमा विभिन्न कारणले मृत्यु भएका नेपालीहरूकाे शव ल्याउने सरकारकाे तयारी ।

नेपाल समाचार प्रवास

लकडाउनकाे अवधिमा विभिन्न कारणले खाडी मुलुकमा कैयाैं नेपाली श्रमिकहरूकाे मृत्यु भएकाे र उनीहरूकाे शव नेपाल ल्याउन नसक्दा अन्तिम संकार हुन सकेकाे छैन ।

महामारीको बेला स्वास्थ्य सुरक्षाका दृष्टिकोणले शव नेपाल ल्याउन नमिल्ने बताउँदै गन्तव्य मुलुकमै अन्तिम संस्कार गर्न मृतकका परिवारलाई आग्रह गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

झन्डै ९० जना मृतकका आफन्तले उतै अन्तिम संस्कार गर्न सहमति दिएका छन्।

तर अझै कम्तीमा १४८ शव नेपाल ल्याउनु पर्ने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन्।