गजलः रबिन थपलिया

कला साहित्य मनाेरंजन

गजलः

नभएकी तिमीलाई अंगालोमा बेर्न पाए
लट्ठिएर लाली ओठमा तातो सास फेर्न पाए।

संगै रुने संगै हाँस्ने वाचा सबै उडी गए
औला घुमाई मिठा पल तिम्रो ढाडमा केर्न पाए।

माया प्रेम भुली दियौ धनमा तिम्रो मन गयो
केशराशी मुसारेर लोभी आँखा हेर्न पाए।

तिमी लाग्यौ आफ्नो बाटो दोबाटोमा छोडी
काखमा राखी बिछोडका दु:ख पीडा सेर्न पाए।

जीवन भुलें, संसार भुलें तिम्लाई भुलिन
आकाशका तारा गन्दै तिम्रो कम्मर घेर्न पाए।

नभएकी तिमीलाई अंगालोमा बेर्न पाए
लट्ठिएर लाली ओठमा तातो सास फेर्न पाए।

रविन थपलिया
टोरोन्टो