गिरिजाप्रसाद कोईराला फाउण्डेशन क्यानडाको संयूक्त आयोजनामा अन्तराष्ट्यि गोष्ठि काठमाण्डौमा सम्पन्न ।

क्यानडा विशेष

शेयर गर्नु होस ।

शान्ति, विकाश र प्रजातन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व.गिरिजाप्रसाद कोईरालाको नाममा स्थापित गिरिजाप्रसाद कोईराला फाउण्डेशनले मे २६ मा शैक्षिक अभ्यासमा उच्च प्रभाव सम्बन्धि अन्तराष्ट्यि गोष्ठिको आयोजना गरेको छ । गोष्ठिले मूलुुकको शैक्षिक विकासका लागि गुणस्तरीय र अनुसन्धानमुलक शिक्षा आवस्यक रहेको भन्दै त्यसका लागि फाउण्डेशनले आउदा दिनमा काम गर्ने बताईएको छ । त्यसका लागि फाउण्डेशनले युवा लक्षित कार्यक्रम संचालन गर्नुका साथै विराटनगरमा गिरिजाबाबुको नाममा म्यूजियम स्थापना गर्ने समेत लक्ष्य रहेको बताईएको थियो ।

कार्यक्रममा काठमाडौं विश्वविध्यालयका  उपकुलपति डा. रामकान्त मकाजुले अनुसनधानमूलक शिक्षाको विकाशका लागि काठमाडौं विश्वविध्यालयले काम गरिरहेको बताउदै, सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पुरा गर्न पढेका युवालाई स्वदेशमा काम गर्ने वातावरण निर्माण गर्नु पर्ने बताएका थिए ।

राष्ट्रिय योजना आयोजका पूर्व उपाध्यक्ष डा स्वर्णीम वाग्लेले स्वदेशी विश्वविद्यालयलाई अनुसन्धान गर्ने थलोको रुपमा विकास गरेमात्र मुलुकको शिक्षा क्षेत्रको विकास हुने बताउनुभयो । सरकारले नीति नियम बनाउँदा अनुसन्धानमुलक क्षेत्रमा रकम विनियोजन गर्नुपर्ने उनको भनार्ई थियो । नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले परिस्थितीअनुकुल निर्णय गर्नसक्ने नेता गिरिजाप्रसाद कोइराला भएको बताउँदै गिरिजाबाबु प्रधानमन्त्री भएको बेला नेपालको शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताएका थिए । कार्यक्रममा रेडन कलेजका संस्थापक प्राचार्य डा हिमलाल घिमिरेले पर्यटनबाट नेपालको समृद्धी, अर्थशास्त्री डा दधी अधिकारीले मुलुकको आर्थिक समृद्धि, डा बसन्त गिरीले हावा, पानी र खाद्यान्नबाट मानव जिवनमा पारेको असर, डा नारायण थापाले नेपालको परम्परागत शिक्षाले पारेको प्रभावसम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन क्यानडाका अध्यक्ष, नेपाली जनसम्पर्क समिति, एनपिआरसि का संथापक अध्यक्ष तथा जर्जब्राउन कलेज क्यानडाका प्रोफेसर तुलसी पौडेलले नेपालको शिक्षा विश्वको शिक्षालाई प्रतीस्पर्धा गर्ने खालको बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसकि केन्द्रिय सदस्य एवं पूर्व उपप्रधान मन्त्री तथा जिपि फाउन्डेशनकी केन्द्रिय अध्यक्ष सुजाता कोईराला र जिपि फाउण्डेशन क्यानडाका अध्यक्ष तुलसी पौडेलले संयूक्त रुपमा गरेका थिए ।

यसै क्रममा पत्रकारहरु संग बिशेष कुरा गर्दै एनपिआरसि क्यानडाका संथापक सभापति तुलसी पौडेलले आफुले प्रजातान्त्रिक बिचार र पद्धति अनुसार स्थापना गरेको एनपिआरसि संथालाई हाल आएर केहि बिचार बिहिन र ब्यक्तिगत स्वार्थमा लालाईत ब्यक्तिहरुले धरापमा पार्ने खालका गतिबिधिहरू भैरहेकाे प्रति आफुलाई दुःख लागेको बताएका छन् । साथै आफु नेपाली जनसम्पर्क समिति, क्यानडा भित्र भैरहेकाे अस्वस्थ प्रतिष्पर्धा लाइ अन्त्य गरि स्वतन्त्र रूपबाट निष्पक्ष निर्बाचन मार्फत एकता अधिबेशनकाे पक्षमा रहेकाे समेत बताएका छन् ।

स्मरणिय के छ भने, क्यानडामा रहेकाे नेपाली जनसम्पर्क समितिकाे बिबाद लाइ नेपाली कांग्रेसले छिटाे भन्दा छिटाे सुल्झाउनु पर्ने अपरिहार्य देखिन्छ । यस अघि नेपाली कांग्रेसकाे केन्द्रिय समितिकाे बैठकले २८, २०१८ अगष्टमा केन्द्रिय सदस्य दिपक गिरिले पार्टिकाे आदेश बिपरित गरेकाे अधिबेशन खारेज गरिसकेकाे छ । साथै एनपिसिसिकाे बिबादका कारण नेपाली कांग्रेसले
आफ्नाे वेबसाइटबाट जनसम्पर्क समिति, क्यानडाकाे कार्य समितिकाे बिबरण समेत हटाइसकेकाे छ भने छिट्टै डेनमार्कमा हुन लागेकाे बिश्वभरिका नेपाली जनसम्पर्क समितिहरूकाे भेलामा अनाधिकृत रूपबाट एनपिसिसिकाे नामबाट सहभागिताकाे लागि पठाएकाे नामावली समेत खारेज गरेकाे छ ।

बिगतमा संथालाई फुटाई संथाको उद्धेश्य बिपरित काम गर्ने नेपाली जनसम्पर्क समिति एनपिसिसि क्यानडाका पूर्ब केहि पदाधिकारीहरुको समूह संग एजेन्डा र सिद्धान्त बिहिन उद्धेश्यका साथ संथाको गरिमालाई पर्वाह नगरि नकारात्मक बिबिध कृयाकलाप भैरहेको प्रति आपत्ति गरेका छन् । आधिकारिक एनपिसिसि संग एनपिआरसिको एकता गरि अगाडि बढ्न प्रकृया अगाडि बढिरहेको अबस्थामा नानाथरिका कृयाकलाप के र कस्का लागि भैरहेको हो र आफु सधै एकताको पक्षमा रहदा रहदै आफुलाइ बाधक ठान्नेहरुले अहिले आएर पद पाएपछि मनोमानी ढंगबाट संथाको आचरण बिपरित कृयाकलाप गरिरहेको प्रति आक्रोस जनाएका छन् । अन्तमा उनले आफु सधै नेपाली कांग्रेसको सिद्धान्त प्रति कटिबद्ध रहेको र नेपाली कांग्रेसको भातृ संथाहरुमा कसैले मनोमानी ढंगबाट अगाडि बढ्न खोजे आफुले त्यसमा सधै प्रतिबाद गर्ने समेत उल्लेख गरेका छन् । फाउन्डेसनका अध्यक्ष तुलसी पौडेल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरि केहि दिनमा क्यानडा फर्कदै छन् ।