गिरिजा प्रसाद कोईरालाको नवौं स्मृति दिवस क्यानडामा सम्पन्न ।

Events क्यानडा विशेष

एमखबर सम्बाददाता, क्यानडा ।

२५ मार्च, २०१९

नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री  स्व. गिरिजा प्रसाद कोईरालाको नवौं स्मृति दिवसको अवसरमा नेपालको प्रजातन्त्र, शान्ति र विकाशमा वहाँले पुराउनु भएको योगदानको उच्च सम्मान गर्दै वहाको स्मरणमा जिपि कोईराला फाउन्डेसन क्यानडाले हिजो ग्रेटर टोरोन्टो स्थित ब्रामटन शहरको एभरेष्ट तेक्वान्दो एकेडेमि हलमा एक कार्यक्रमको आयोजना गरेर मनायो ।

पिता कृष्ण प्रशाद कोईरालाका सुपुत्रका रुपमा सन् १९२४ मा जन्मनु भएका गिरिजा प्रशाद कोईरालालाई गिरिजा बाबु भनेर पनि चिनिन्थ्यो । पटक पटक गरि चार चोटि नेपालको प्रधानमन्त्री हुनु भएका गिरिजा बाबु नेपालको मजदुर आन्दोलन बाट आफ्नो राजनीति प्रारम्भ गरि अन्तिम समयमा नेपाली काँग्रेस पार्टिको सभापति लामो समय सम्म रहिरहनु भयो । नेतृत्व, निर्णय र प्रष्ट बिचारका धनि गिरिजा प्रसाद कोईरालाले राष्ट्का लागि गरेको योगदानको चर्चा गरेर सकिदैन ।

कार्यक्रममा बिभिन्न संघ संथाका प्रतिनिधिहरु लगायतका उपस्थितिले उहाँका बारेमा आआफ्ना धारणा राखेर स्मरण गरेका थिए । धारणा राख्नेहरुमा एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, उपाध्यक्ष राजकुमार महत, र्पूव अध्यक्षहरू अनिल थापा र तल्सी सापकाेटा, प्रवासी नेपाली मन्च क्यानडा बाट महासचिव अशोक खड्का, एनपिअरसि बाट सभापति रामबाबु थापा, चियर human growth hormone on reddit the platform by अन्जनी भट्टराइ नेपाली जनसम्पर्क समिति क्यानडा बाट प्रबक्ता राजु थापा लगायत बिभिन्न संघ संगठनका प्रतिनिधिहरुले गिरिजा बाबु प्रति स्मरण गर्दै उहाँको योगदाको बारेमा मन्तब्य राखेका थिए ।

एनपिआरसीका पूर्व सभापति तुल्सी पौडेलको अध्यक्षतामा हालै मात्र क्यानडामा जिपि कोईराला फाउन्डेसनको स्थापना गरिएको थियो । कार्यक्रममा फाउन्डेसनका महासचिव बिध्याभुषण कार्किले गिरिजा प्रशाद कोईरालाको बारेमा सबिस्तार ब्याख्या गरेका थिए भने कार्यक्रमका संयोजक तथा फाउन्डेसनका बरिष्ठ उपाध्यक्ष ज्ञान गौतमले संथाले भविष्यमा आफ्नो उद्देस्य अनुरुप राजनैतिक धार भन्दा बाहिर रहेर कार्य गर्ने उद्धेस्य रहेकोले यसलाई राजनैतिक रुपबाट नहेर्न अनुरोध गरेका थिए । छोटो समयको अन्तरालमा कार्यक्रम आयोजना गर्दा उल्लेख्य उपस्थिति नदेखिए पनि उपस्थित सबैलाई आभार ब्यक्त गरिएको थियो ।

कार्यक्रमको संचालन उपाध्यक्ष निरन्जन थापाले संचालन गरेका थिए ।