गृहमन्त्री आफैले शक्तिको दुरुपयोग गरेको रहस्य बाहिरियो, नेकपा भित्र भाडभैलाे

नेपाल समाचार

गृहमन्त्री रामबहादुर थापाले पदीय शक्तिको दुरुपयोग गरेर आफ्नो गृहजिल्ला चितवनमा एक अबैभन्दा धेरै रुपियाँ रकमान्तर गरेर लगेको खुलासा भएको छ ।

राष्ट्रिय सभाका सांसद समेत रहेका गृहमन्त्री थापाले बजेट आउनुभन्दा दुई महिना अगाडि पदीय शक्तिको दुरुपयोग गरेर रकमान्तर गरेका हुन् ।

अन्य जिल्लाहरूमा विकासका कार्यक्रमका लागि बजेट अपर्यप्त भइरहेका बेला गृहमन्त्री थापाले नयाँ बजेट आउँदै गर्दा पैसाभरि रकमान्तर गरेर आफ्नो गृहजिल्लामा भित्र्याएका छन् ।

चितवन जिल्लालाई यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शक्तिको दुरुपयोग गरेर उल्लेख्य बजेट लगेको भनेर समाचार आएका थिए ।

शक्तिमा नरहेका नेताहरूको जिल्लामा एउटा पनि बजेट नपर्ने तर, पदमा रहेका ठूला नेताहरूको जिल्लामा बजेट रकमान्तर गरेरै पैसा लगेपछि नेकपाका कतिपय सांसदहरूले विरोध गरेका छन् ।

काम हुन नसकेर stanozolol dosage the no to independence shows रकम फ्रिज हुने देखेपछि मन्त्री थापाले दवाव दिएर एक अर्बभन्दा धेरै रुपियाँ रकमान्तर गर्न दवाव दिएका थिए ।

चितवन जिल्लाका विभिन्न ७ वटा योजनाका लागि एक अर्बभन्दा धेरै रुपियाँ रकमान्तर गरिएको गृहमन्त्री थापाले शहरी विकास मन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाको सडक निर्माणमा यो रकम खर्च गर्ने जनाइएको छ ।

शक्तिको दुरुपयोग गरेर बजेट रकमान्तर गरिएको पत्रलाई गृहमन्त्री थापाको सचिवालयले वितरण गरेको छ ।

शहरी विकासअन्तर्गत सडक कालोपत्र र साईड डेन निर्माणका लागि बजेट खर्च गर्ने पत्रमा उल्लेख छ ।

राप्ती र खैरहनी नगरपालिकासहित ५ नगरलाई आगामी बजेटमा स्र्माट सिटीअन्तर्गत राख्न शहरी विकास मन्त्रीलाई र जिल्लाको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको विकास लागि विशेष वजेट दिन गृहमन्त्री थापाले पटक पटक टेलिफोन गरेर दवाव दिएको स्रोतले जनाएको छ । दैनिक नेपालबाट साभार गरिएकाे