गृहमन्त्री बन्ने हल्ला निराधार : वामदेव गौतम

नेपाल समाचार

काठमाण्डौँ । नेकपा एकता राष्ट्रीय अभियानका संयोजक वामदेव गौतमले केपी ओली सरकारमा गृहमन्त्री भएर जाने हल्लाको खण्डन गरेका छन् । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै संयोजक गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयत्नले यस्ता किसिमका हल्ला आएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘मेरो चरित्र ह त्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ । केही संचार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ ।

मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन् ।