गैरआवासीय नेपाली संघ क्यानडाको कार्यसमिति गठन, अध्यक्षमा चिरन्जिबि घिमिरे, महासचिवमा पिताम्बर भट्टराई ।

NRNA क्यानडा विशेष

टोरोन्टो अगष्ट १८, २०१९

एनआरएनए क्यानडाको १२औ राष्ट्यि अधिबेशन हिजो शनिवार टोरोन्टोमा सम्पन्न भएको छ । अधिबेशन बाट निबर्तमान महासचिब चिरन्जिवि घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्य समिति गठन गरेको छ ।

अन्य नबगठित पदाधिकारीहरुमा तीन जना उपाध्यक्षहरु स्कारब्रो बाट हेमन्त थापा, एडमण्टन बाट अर्जुन बिश्वकर्मा र मिसिसागा बाट cheap viagra price cheap viagra price in the ears बिजय पौडेल निर्वाचित भएका छन् ।

महासचिवमा ब्रामटन बाट पिताम्वर भट्टराई, सचिवमा स्कारब्रो बाट फडिन्द्र श्रेष्ठ र कोशाध्यक्षमा टोरोन्टो बाट सरोज भट्टराई चयत भएका छन् । प्रबक्तामा ब्रामटनका दिनेश(नेत्र) खतिवडा चुनीएका छन् । अन्य सदस्यहरुमा क्यालगरीका अनन्त आचार्य, सास्काचुनका देबेन्द्र सुवेदी, मिसिसा बाट तुलासिंह भट्टचन, मनिटवाका सुसील दोरगां र ब्रिटिस कोलम्बियाका शरद शेरचन रहेका छन् ।

आजै बसेको नयाँ कार्य समितिको पहिलो बैठकले एनआरएनए क्यानडाको राष्ट्यि समन्वय परिषदमा रिक्त चार पदमा ईश्वर खत्री लाई युवा बिभाग, सुजाता गरुगं लाई महिला बिभाग, अटावा क्षेत्र बाट सन्तोष बराल र पश्चिम अन्टारियो बाट रबिन्द्र घिसिगं मनोनित समेत गरि जिम्मेवारी समेत तोकेको छ भने अन्तराष्ट्यि समन्वय समिति (आई सी सी) मा भूतपूर्व अध्यक्ष तुलसी सापकोटा र निवर्तमान अध्यक्ष गोपिकृष्ण काफ्ले लाई मनोनित गरेको छ ।

क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कन्सुलर जर्नल कुन्जर शर्मा, एनआरएनएका केन्द्रिय उपाध्यक्ष कूल आचार्य, डिआरसी नबिन शेरचन, केशव पौडेल, गौरी जोशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।

अब सबैको ध्यान यहि अक्टोबर १३ – १६ , २०१९ मा काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको बिश्व सम्मेलन तर्फ लाग्ने छ ।

नव निर्बाचित सम्पूर्ण टिमलाई एमखबर डटकमको तर्फ बाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

फोटो सौजन्यः क्यानडा खवर डट कम ।