गोरखाका १० पर्यटकीय गन्तव्य पहिचान

नेपाल समाचार

जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिले गोरखाका १० पर्यटकीय गन्तव्यको पहिचान गरी सूचि तयार पारेको छ । समितिले स्थानीय तहको समन्वयमा पर्यटकीय सूची तयार पारेको हो । 

बारपाक सुलिकोट गाउँपालिकाले सीता गुफा, शहिद लखन गाउँपालिकाले लखन स्मृति पार्क, अजिरकोट गाउँपालिकाको अजिरकोट कालिका मन्दिर र पुरानो दरबार र धार्चे गाउँपालिकाको लाप्राक स्थित गुप्सी पाखामा निर्माणधिन एकीकृत नमूना बस्ती, तातोपानी कुण्ड छनौट भएका छन् । 

गोरखा नगरपालिकाको भीमसेन पार्क, पालुङटार नगरपालिकाले लिगलिगकोट र गण्डकी गाउँपालिकाले महादेव भैरवस्थान, सिरानचोक गाउँपालिकाको सिरानचोक कोट र भिमसेनथापा गाउँपालिकाको बराम आदिवासी बसोबास रहेको क्षेत्रलाई सिफारिक गरेको पठाएको जिल्ल समन्वय समितिका कर्मचारी दिपक गुरुङले बताए । उनका अनुसार छनौट भएका पर्यटकीय गन्तव्यको फोटो र विवरण सहित गण्डकी प्रदेशको उधोग, पर्यटन वन तथा वातावरण मन्त्रलायमा पठाएको छ । चुमनुव्री र आरुघाट गाउँपालिकाले अन्तिम समय सम्म पनि पर्यटकीय स्थलको विवरण पठाउन नसकेको उनले बताए । 

भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्रलायले प्रदेशका पर्यटकीय गन्तव्यहरुको फोटो र विवरणसहित पुस्तक प्रकाशन गर्ने लागेको हो ।