गौरिकालाई एकै सागमा चार स्वर्णको कीर्तिमान, स्वर्ण ४९ पुग्याे

खेल

शेयर गर्नु होस ।

गोरखपत्र अनलाइन
काठमाडौ मङ्सिर २३ गते । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा पौडीको १०० मिटर फ्रीस्टाइलमा गौरीका सिंहले अर्को स्वर्ण पदक जित्दै अर्को कीर्तिमान कायम गरेकी छन् । सागमा यो उनको चौथो पदक हो उनले एकै वर्षको सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।
उनले सोमबार भएको १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनकी प्रतिद्वन्द्वी भारतीय खेलाडी शिवांगी शर्मालाई हराएकी थिइन शिवांगीको समय ५८.१५ सेकेन्ड थियो ।


यस अघि तेक्वान्दो खेलाडी दीपक विष्टले फरक फरक सागमा चारवटा स्वर्ण पदक जितेर एकै व्यक्तिले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाउनु भएको थियो । गौरिकाले एकै सागमा चार स्वर्ण जितेकी हुन् ।