‘ग्रीन हाउस’ सरे उपराष्ट्रपति पुन

नेपाल समाचार

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा सरुवा भएका छन् ।

उपराष्ट्रपति पुन बुधबारदेखि गैह्रीधाराको सरकारी निवासबाट लैनचौरको नयाँ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा सरेका हुन् ।

सरकारले भदौ २१ गते समाज कल्याण परिषदलाई त्यहाँबाट बालकल्याण समितिको भवनमा सार्ने र समाज कल्याणमा उपराष्ट्रपति कार्यालय र निवास बनाउने निर्णय गरे अनुरुप तयार भएको भवनमा उपराष्ट्रपति पुन सरेका हुन् ।

आजैदेखि उक्त भवन उपराष्ट्रपति निवासको रुपमा प्रयोग भएपनि कार्यालय भने केही दिनमा सारिने उपराष्ट्रपति कार्यालयले जनाएको छ ।