“घुम्टो भित्र” रेखा किरण पाैडेल ।

कला साहित्य मनाेरंजन

कबिताः

झाई झाई नौमती बाजा बजेको छ २
तर म दुलहीलाई हेरेर टोली रहे
के उनको घुम्टो भित्रको कानले
त्यो नौमती बाजा उतिनै सुमधुर सुन्छ ?
उनि त घुम्टो भित्र कैद छन्
!!!
उनको निम्ति सजिसजवोट भै जुटेका हरुले २
झुण्ड झुण्डमा हाँसो र उर्लाहसको धोनी फिजाएकाछन
म मौन दुलहीलाई हेर्छु
के घुम्टो भित्र उनको ओठहरु चलेका होलान
तर ! उनि घुम्टो भित्र कैद छन्
!!!
उपस्थित आखाहरू उनको सुन्दरतालाई हेर्न लालाइत छन् २
निर्जीव बस्तु जस्तै उनको सुन्दरताको प्रसंसा भएको छ
म दुलहीको नजिक उभिई निहाल्छु
के घुम्टो भित्रको आँखाले वास्तविकता देखेको छ
प्रभु ! उनि घुम्टो भित्र कैद छन्
!!!!

Advertisement:


धुप बत्तिको धुवा हावामा यता उता गरेको छ २
कपडाको अतर र धुवाको समिस्र्ण नाकलाई आनन्दित पार्दै फोक्सोसम्म जादा
म दुलहीलाई पुलुक हेर्छु
के उनको घुम्टो भित्रको नाकले त्यो सुवास महसुस गरेको छ?
बरा ! उनि घुम्टो भित्र कैद छन्
!!!
उतर्तिरको चिसो हावा गलामा ठोकिदै केस उडाउछ २
दुइ हात फिजी आकास तिर हेर्दै छोरी भयेउ त के भयो भन्दै चिच्यौन मन छ
रसिला आखाले उनलाई हेर्छु
के घुम्टो भित्रको गलाले स्वतन्त उडिरहेको चिसो महसुस गरेको छ ?
कठै ! उनि घुम्टो भित्र कैद छन्
!!!
घुम्टोलेत् उनीलाई विज्ञानबाट टाढा राखी सानो संसारमा जिउन सिकाउदै
उनीलाई श्रीमानको निजि सम्पति बनाउदै छ २
म निर्बिवस हेरिरंछु कसरि उनिलाइ छोरी बाट बुहारीको दर्जा दिइदै छ,
के उनले घुम्टो भित्र बाट उनि उनि जस्तै पुण जिउन सक्छिन
खै ! उनि घुम्टो भित्र कैद छन् ।